दफा ८९
झुठ्ठा प्रमाण बनाउन नहुने

(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैलेन्यायिक वा अन्य कानूनी कारबाहीमा प्रमाणको रुपमा प्रयोग गराउने नियतले कुनै झुठ्ठा प्रमाण बनाउन वा झुठ्ठापरिस्थितिको सिर्जना गर्न वा कुनै झुठ्ठा लिखत वा विद्युतीय अभिलेख बनाउन वा कुनै लिखत वा विद्युतीयअभिलेखमा झुठ्ठा कुरा जनाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।तर त्यस्तो झुठ्ठा प्रमाणको आधारमा कुनै व्यक्तिलाई जन्मकैदको सजाय भएको रहेछ भने सात वर्षसम्मकैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जुन कसूरको सम्बन्धमा झुठ्ठा प्रमाण खडा भएको हो त्यस्तोकसूरमा हुन सक्ने अधिकतम सजायभन्दा बढी हुने गरी यो दफा अन्तर्गत सजाय हुने छैन ।